add

नेप्से परिसूचक ३.६३ अंकले घट्यो, २ अर्ब ५७ करोडको कारोबार






ActPro Nepal

|

१९ असोज, २०७७

|
1107

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको दोस्रो दिन सोमबार सामान्य अंकले घटेको छ ।

नेप्से ३.६३ अंकले घटेर १५८२.१३ बिन्दुमा आइपुगेको छ । यसदिन १९३ कम्पनीको २ अर्ब ५७ करोड ८६ लाख ७ हजार ८७ रुपैयाँ बराबरको कारोबार भएको छ । ९५ लाख १८ हजार ७६५ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ७ समूहको परिसूचक ओरालो लागेका छन् ।

आज हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै २७.३९ अंकले बढेको छ भने निर्जीवन समूहको परिसूचक ११५.१८ अंकले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.