add

अनिश्चितकालका लागि स्थगित भयो नेकपा सचिवालय बैठक






ActPro Nepal

|

१८ असोज, २०७७

|
722

काठमाडौं ।  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) काे आज बस्ने भनिएको बैठक पनि स्थगित भएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका सदस्यसहित र ६ दर्जन जति सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सचिवालय बैठक स्थगित भएको नेकपा स्रोतले बतायो ।

मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल गर्न आइतवार अपरान्हका लागि सचिवालय बैठक राखिएको थियो । शनिवार दिउँसोको लागि तय भएको बैठक आजको लागि सरेको थियो ।

पार्टीमा परामर्श नगरी सरकारले राजदूत लगायत राजनीतिक नियुक्ति गरेको भन्दै नेकपामा विवाद शुरु भएको छ । प्रधानमन्त्री ओलीसँगको भेटमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजदूतहरुको नियुक्तिप्रति असहमति जनाएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.