add

कांग्रेस पदाधिकारी बैठक जुममार्फत, पौडेल समूहको अल्टिमेटमबारे छलफल हुने






ActPro Nepal

|

१८ असोज, २०७७

|
1238

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू यतिवेला १४औं महाधिवेशन लक्षित भेटघाट र कार्यक्रममा व्यस्त छन् । 

सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा आफू सभापतिमा लड्ने बताउँदै सोहीअनुसारको तयारी थालेका छन् । 

उता, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूपनि महाधिवेशन लक्षित भेटघाटमा व्यस्त छन् । कांग्रेसको १४औं अधिवेशन फागुनमा हुने भनिएको छ । तर, कोरोनाका कारण महाधिवेशनको निर्धारित मिति पर धकेल्ने सभापति देउवाको तयारी छ । 

यसमा वरिष्ठ नेता पौडेल समूहको कडा आपत्ति छ । केन्द्रीय सदस्य डा. शेखर कोइरालाले महाधिवेशनको मिति सार्न नहुनेमा जोड दिँदै आएका छन् । छिमेकी देश भारतमा चुनावको तयारी भैरहँदा नेपाली कांग्रेसले भने कोरोनालाई बहाना देखाउनु गलत हुने उनको तर्क छ ।

कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका आकांक्षीहरु धेरै छन् । सभापति देउवा समूहमा देउवाका अलावा वर्तमान उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्नेगरि तयारी थालेका छन् ।  बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति देउवालाई दिएको अल्टिमेटमबारे छलफल शुरु भएको छ । 

आफूले उठाएको माग सम्बोधन गर्न पार्टी सभापतिलाई दिएको एक हप्ते अल्टिमेटमबारे कांग्रेसमा छलफल शुरु  भएको हो ।

मागबारे देउवाले शनिबारदेखि आफू निकटका नेता तथा केन्द्रीय नेताहरुसँग छलफल शुरु गरेका छन् । पौडेल समूहको माग र १९ गतेको केन्द्रीय समिति बैठकबारे छलफल गर्न आइतबार (आज) बैठक बोलाइए पनि केही नेताहरुमा कोरोना संक्रमण देखिएपछि बैठक स्थगित भएको थियो ।

पौडेल पक्षले १२ गते एक हप्ताभित्र आफ्ना माग पूरा नगरेमा विरोधका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएको थियो । यस्तै उसले आफ्नो माग सम्बोधन गर्नैपर्ने पनि बताएको थियो ।

पौडेल समूहले पछिल्लो समयमा देउवाले ‘एकलौटी’ रुपमा गठन गरेका विभाग तथा पुराना विभागमा भएका केही नयाँ नियुक्ति सच्याउनुपर्ने, बाँकी जिल्लामा समायोजनको बाँकी काम छिटो सक्नुपर्ने र आफूखुसी क्रियाशील सदस्यता बाँड्ने काम रोक्नुपर्ने माग गर्दै आएको छ ।

पौडेल समूहमा नेतृत्वको लागि आकांक्षीहरु करिब आधा दर्जन 

पौडेल समूहमा भने नेतृत्वको लागि आकांक्षीहरु करिब आधा दर्जन छन् । बरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह र सुजाता कोइरालाको नाम सभापतिमा उठ्नेबारे चर्चामा छ ।

निधिले महामन्त्री कोइराला र नेता सिंहसँग भेटवार्ता गरेर कसरी अघि बढ्ने भन्नेबारे छलफल तथा परामर्श गरेका छन् । सिटौलाको भूमिका अहिलेसम्म के हुने ? भन्नेबारे अन्यौल छ । 

तर, उनका निकटस्थ युवा नेताहरुले भने यसपटक सिटौलाको साथ छोड्ने भएका छन् । सिटौला स्वयम भने सभापति देउवासँग मिलेर अघि बढ्ने निश्कर्षमा पुगेको स्रोतको दाबी छ । यही असोज १९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठक अगावै सिटौला देउवा क्याम्पमा औपचारिक रुपमा प्रवेश गर्ने कांग्रेस उच्च स्रोतको दाबी छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.