add

सांसद मैनालीद्वारा ११८ बर्षिया बाटुली लामिछानेलाई सम्मान






ActPro Nepal

|

१७ असोज, २०७७

|
2996

काठमाडौं । ३० औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा बाला फाउण्डेसनले विश्वकै जेष्ठ नागरिक भनेर चिनिएकी नुवाकोटकी ११८ बर्षिया बाटुली लामिछानेलाई सम्मान गरेको छ ।

बिहीबार भएको कार्यक्रमका प्रमुख अतिथि  स्वास्थ्य राज्यमन्त्री नवराज रावत र विशेष अतिथि नुवाकोटबाटै निर्वाचित नेकपा सांसद बद्री मैनाली रहेका थिए । 

कार्यक्रममा ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता खतिवडा, वडा नम्वर ८ वडाध्यक्ष शेषमान लामा, नेकपाका नेता काशीराज अधिकारी, रामहरी श्रेष्ठ, रामशरण भण्डारी, अरनिको टेलिभिजनका सगोत्री आचार्य, डा. राम थापा, मोहन के।सी, कृष्ण भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

फाउण्डेशनको केन्द्रीय तर्दथ समितिकी अध्यक्ष भवानी दाहालको अध्यक्षातामा सम्पन्न कार्यक्रममा भयो। कार्यक्रममा सांसद मैनालीले  प्रदान गर्दै आउनुभयको आफ्नो पारिश्रमिकबाट मासिक ५ हजारका दरले प्रदान गर्न बाँकी ६ महिनाको चेकमार्फत ३० हजार रूपैँया समेत प्रदान गरेका थिए ।

मैनालीले  लामिछानेको उचित व्यवस्थापन र आवास निर्माणको लागि  आफ्नो प्रदेश सांसद पूर्वाधार कार्यक्रम अन्तर्गत कार्यविधि र नियमावली अनुरूप मिल्ने अवस्थामा आवास निर्माणका लागि फाउण्डेसनमार्फत  १० लाख रूपैँया समेत उपलब्ध गराउने बताए ।

समाजसेवी मोहन केसीले लामिछानेको स्वास्थ्य उपचारको लागि २५ हजार रुपैयाँ चेक मार्फत प्रदान गरे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.