add

प्रदेश ५ को राजधानी दाङको भालुवाङ, नाम लुम्बिनी राख्ने प्रस्ताव पेस






ActPro Nepal

|

१६ असोज, २०७७

|
1241

काठमाडौं । प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभा बैठकमा पेस भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बी सहमति जुटेसँगै शुक्रबार बसेको प्रदेशसभा बैठकमा यो प्रस्ताव पेस गरिएको छ ।

प्रदेश सभाको अर्को बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

प्रदेश पाँचको राजधानी र नामाकरणबारे आन्तरिक मालिक तथा कानुनमन्त्री कुलप्रसाद केसीले यो प्रस्ताव गरेका छन् । राजधानी भने दाङको देउखुरी क्षेत्रमा रहने प्रस्ताव पनि गरिएको छ ।

यसअघि राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोक्न ढिलाई भइरहेको थियो । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद थियो ।

प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए ।

त्यसो त पार्टी एकीकरणअघि पूर्व माओवादीले पनि प्रदेश ५ को राजधानी दाङमा बनाउने औपचारिक निर्णय गरिसकेको थियो । तर, पूर्वएमालेभित्र राजधानी दाङ वा बुटवल राख्ने विषयमा मतभेद रहँदै आएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.