add

नेपाली कामदार बढाउन ओमान इच्छुक






ActPro Nepal

|

१३ असोज, २०७७

|
964

काठमाडौं। ओमानका श्रममन्त्री डा. महद बिन सईद बिन अलि बाउइले आफू नेपाली कामदारहरूको सङ्ख्या बढाउने गरी अझै बढी सहकार्य गर्न इच्छुक रहेको बताएका छन्।

ओमानका सुल्तानद्वारा नवनियुक्त मन्त्रीलाई बधाइ दिन पुगेकी नेपाली राजदूत शर्मिला पराजुली ढकालसँग भेटवार्तामा मन्त्रीले आफू नेपाली जनशक्तिबारे जानकार रहेका बताएका छन्।

भेटमा श्रममन्त्रीले राजदूत ढकाललाई ओमानको परराष्ट्र नीति, श्रम नीति तथा जनशक्तिको अवस्थालगायत आगामी दिनमा त्यहाँको श्रम मन्त्रालयले लिने नीतिहरूको बारेमा जानकारी गराएका थिए।

श्रम क्षेत्रमा विविधता भएमा मात्र मुलुकको विकास हुन सक्ने उनले धारणा राखेका छन्। उक्त भेटमा राजदूत ढकालले नेपालको हालको राजनीतिक, आर्थिक, सामाजिक अवस्था बारे श्रममन्त्रीलाई जानकारी गराएकी छिन्। हाल नेपालले लिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’को उद्देश्यलाई कार्यान्वयन गर्न अख्तियार गरेका रणनीति एवं कार्ययोजनाहरूबारे पनि उनले जानकारी दिएकी थिइन्।

सोही अवसरमा राजदूत ढकालले ओमानमा रहेका नेपाली श्रमिकहरूको अवस्था बारेमा श्रममन्त्रीलाई अवगत गराएकी थिइन्। यसलगायत उनले सन् २०२० को सुरुमा नेपालको संघीय संसद, प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्वारा खाडी राष्ट्रको स्थलगत अवलोकन गरी पेश गरेको ओमानसम्बन्धी प्रतिवेदनको बारेमा पनि जानकारी गराएकी थिइन्।

उक्त अवसरमा नेपाल र ओमानबीच हुने श्रम सम्झौता तयारीको पछिल्लो अवस्थामा पनि छलफल भएको थियो। दुवै तर्फबाट श्रम सम्झौतामा हालसम्मको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

उक्त भेटमा ओमानको श्रम मन्त्रालयका उच्च अधिकारीहरू र नेपाली दूतावासका द्वितीय सचिव सोमेश थापा र श्रम सहचारी दिनेश ढकालको पनि सहभागिता रहेको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.