add

कृषिमा आत्मनिर्भर नारामै: कृषकको फलफूल बोटमै कुहिँदा , आयात बढेको बढ्यै






ActPro Nepal

|

१३ असोज, २०७७

|
1261

काठमाडौं । नेपाललाई कृषि प्रधान देश भनिए पनि अहिलेसम्म आत्मनिर्भर हुन सकेको छैन ।

सरकारले वषौंदेखि कृषिमा आत्मनिर्भरको नारा घन्काउँदै आए पनि कृषि क्षेत्रलाई व्यवसायीकरण र आनुनिकीकरण गर्न नसक्दा त्यो नारामै सीमित हुँदै आएको हो ।

सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कृषि मैत्री वातावरण निर्माण गर्न नसक्दा यो पेशा व्यावसायिक हुन नसकी निर्वाहमुखी मात्रै हुँदै आएको कृषि विज्ञहरू बताउँछन् ।

कृषि प्रधान मुलुक भनिए पनि दशकौंदेखि कृषकले खेती गर्ने समयमा आवश्यक मल, बीउ, कृषि औजार लगायत सामग्री पाउन सकेका छैनन् । यसले सरकारकै नारालाई गिज्याइरहेको छ ।

पछिल्लो केही वर्षदेखि कृषिमा उत्पादन बढाउने सरकारको चाहाना किसानले पूरा गरे पनि सरकारले भने किसानालाई प्रोत्साहित गर्नुको सट्टा पेशाप्रति नै वितृणा जाग्ने वातावरण बनाइदिएको छ ।

कृषकले ठूलो परिश्रम र लगानी गरेर वस्तु उत्पादन गरे पनि त्यो उत्पादन बजारसम्म पुग्न वातावरण नहुँदा कृषकले करोडौं नोक्सानी व्यहोर्दै आएका छन् ।

चालू आर्थिक वर्ष २०७७/७८ को दुई महिना (साउन र भदौ) मा कुल २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको छ । सो अवधिमा ३ करोड ५० लाख केजी फलफूल आयात भएको हो । गत आवको सोही अवधिमा ३ अर्ब ६३ करोड ८६ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको छ । सो अवधिमा ५ करोड १७ लाख ६५ हजार केजी फलफूल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा कुल २० अर्ब ७४ करोड ६२ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको थियो । सो वर्ष २८ करोड ४ लाख केजी फलफूल आयात भएको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा कुल १४ अर्ब ५९ करोड १८ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सरकारले फलफूलमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रम ल्याउने गरे पनि आयत भने कम गर्न सकिएको छैन । नेपालमा वार्षिक अर्बौँका दरले फलफूल आयात बढ्दो क्रममा रहेको छ ।

हाल हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा, मुस्ताङ दगातका जिल्लामा स्याउँ खेती भइरहेको छ । नेपालमा स्याउँ उत्पादन हुने गरेपनि त्यसको बजार विस्तार गर्न नसक्दा अझै पनि स्याउँमा आत्म निर्भर हुन सकेको छैन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.