add

२२.९१ अंकले घट्यो नेप्से परिसूचक , २ अर्ब ८१ करोडको कारोबार






ActPro Nepal

|

६ असोज, २०७७

|
746

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से २२.९१ अंकले घटेर १५४६. १५ विन्दुमा कायम भएको हो ।

यसदिन १९९ कम्पनीको ७८ लाख ५० हजार ६५ कित्ता सेयर किनबेच भएको छ ।

२ अर्ब ८१ करोड ४२ लाख ५ हजार २ सय ६८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार समूह बाहेक अन्यसबै समूहको परिसूचक ओरालो लागेका छन् ।

आज व्यापार समूहको परिसूचक ७.११ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक ११२.६६अंकले घटेको छ ।

आज कारोबारमा आएका १९९ कम्पनीमध्ये जम्मा १२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ कम्पनीको मूल्यमा गिरावट आएको छ । अन्य कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज लगानीकर्ताको रोजाइमा शिखर इन्स्योरेन्सपरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.