add

बजार पुँजीकरण देखाएपछिको डाटालाई मात्रै आधिकारिक मान्न नेप्सेको आग्रह






ActPro Nepal

|

२ असोज, २०७७

|
950

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले वेवसाइटमा बजार पुँजीकरण देखाएपछिको डाटा(तथ्याङकलाई) मात्रै आधिकारिक मान्न आग्रह गरेको छ ।

नेप्सेले बिहीबार एक सूचना जारी गर्दै लगानीकर्ता लगायत सरोकारवालाहरुलाई बजार पुँजीकरण देखाएपछिको डाटा मात्र आधिकारिक हुने जानकारी गराएको हो ।

नेप्सेले बजार बन्द भएपनि बजार पुँजीकरण देखाउनु भन्दा अघिको डाटा अपुरो(पुरा नहुने) हुने सूचनामा उल्लेख गरेको छ ।

नेप्सेका अनुसार बजार बन्द भएपछि बढीमा आधा घण्टासम्ममा सो दिनको बजार पुँजीकरणको डाटा अपडेट भइसक्ने छ । त्यो अवधिसम्म सबै सेयर कारोबारको विवरण पनि डिस्प्ले भइसक्ने नेप्सेले जनाएको छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.