add

मानव पुँजी सूचकांकमा नेपाल दक्षिण एसियामा दोस्रो ,भारत फेरि पछि पर्‍यो






ActPro Nepal

|

२ असोज, २०७७

|
691

काठमाडौं । विश्व बैंकले प्रकाशित गरेको ह्युमन क्यापिटल इन्डेक्स २०२० (मानव पुँजी सूचकांक) मा नेपाल दोस्रो स्थानमा रहेको छ । 

महामारी अघिको अवस्थामा नेपालको मानव पुँजी विकासमा राम्रो प्रगति गरेको विश्व बैंकले उल्लेख गरेको छ ।

यो सूचीअनुसार दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा कायमै छ। यसअघिको सूचकमा पनि नेपाल श्रीलंकाभन्दा मुनी र भारतभन्दा माथि रहेको थियो।

सूचकमा भातरको भ्यालु ४९ रहेको छ भने नेपालको ५० छ। यसअघि २०१८ मा भारतले यस्तै सूचकमाथि प्रश्न उठाएको थियो।

विशेषगरी गरिब मुलुकमा कोभिड–१९ महामारीले स्वास्थ्य र शिक्षा क्षेत्रमा पछिल्लो १० वर्षमा हासिल उपलब्धि जोखिममा पारेको विश्व बैंकको अध्ययनले निष्कर्ष निकालेको छ ।

नेपालमा बालबालिकाले पूर्ण शिक्षा र स्वास्थ पाएपछि ५० प्रतिशत उत्पादक हुन्छन् । यो दक्षिण एसियाका कुनै पनि देशको तुलनामा राम्रो हो भने न्यून आय भएका मुलुकहरुमा पनि नेपालको सबैभन्दा राम्रो प्रतिफल हो ।

उच्च विद्यालय प्रवेश दरका कारण यस्तो प्रतिफल आएको बैंकले जनाएको छ । मानवीय सूचकांकमा बालबालिका ५ वर्ष बाँच्‍ने सम्भाव्यता, १८ वर्षको उमेरसम्म हासिल हुने शिक्षा अवधी, सिकाइको समय, पुड्कोपना आदिका आधारण गणना गरिन्छ ।

विश्व बैंकका अनुसार नेपालमा जन्मिएका ९३ प्रतिशत बालबालिकामात्र ५ वर्षभन्दा बढी बाँच्छन् । यस्तै १८ वर्षे युवकले १२.३ वर्ष विद्यालय शिक्षा अध्ययन गरेको हुन्छ ।

प्रतिवेदनमा १५ वर्ष पार गर्ने वयष्कमध्ये ८६ प्रतिशत ६० वर्षसम्म बाँच्‍ने उल्लेख छ । यस्तै ५ वर्षभन्दा सानो उमेरमा पुड्को हुने बालबालिकाको अनुपात ३६ प्रतिशत रहेको विश्व बैंकको तथ्यांक छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.