add

महँगियो तरकारी: आलुको भाउ छोइनसक्नु, कुनको कति ?






ActPro Nepal

|

३० भदौ, २०७७

|
1450

काठमाडौं  ।   भान्सामा प्रयोग हुने अत्यावश्यक सामान तरकारी आलुको भाउ  गतवर्षको  तुलनामा दोब्बर वृद्धि भएको छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार मंगलबार  रातो आलुको थोक मूल्य प्रतिकेजी ९५ रुपैयाँ र मुडेको आलु प्रतिकेजी ८० रुपैया रहेको छ । 

आलु रातो(भारतीय) भने किलोको ६० रुपैयाँ तोकिएको छ । 

एकवर्षअघि  महिना अघि( २०७६ भदौं २९ गते) रातो आलु ५२ रुपैयाँ र मुडेको आलु ४८ र सेतो आलु ३३ रुपैयाँ र आलु रातो (भारतीय) २८ रुपैयाँ रहेको थियो ।

गत वर्षको तुलना गर्दा यस वर्ष लगभग दोब्बरले आलुको मूल्य बढेको कालिमाटी फलफूल तथा तरकारी बजारको खुद्रा मूल्यको तथ्याङ्कले देखाउँछ।  अन्य तरकारीमा प्याज सुकेको भारतीय प्रतिकेजी ७६ रुपैयाँ, गाजर ५० ,बन्दा ६५, काउली स्थानिय प्रतिकेजी १२० रुपैयाँ रहेको छ । 

त्यस्तै मूला सेतो ५०, भन्टा लाम्चो ४५, बोडी ८०, घिउ सिमी १००, भटमासकोशा ८०, तितो करेला ४५, लौका प्रतिकेजी ५०  रुपैयाँ रहेको छ । स्याउ (झोले)  १४५ स्याउ(फूजी)  प्रतिकेजी ३०० रुपैयाँ रहेको छ भने केरा दर्जनको ९०, कागती प्रतिकेजी १५० र  अनार २०० रुपैयाँ रहेको छ । 

उक्त मूल्य कालिमाटी फलफूल तथा तरकारी बजारमा नै तोकिएको थोक (होलसेल) मूल्य हो । बाहिरी खुद्रा बजारमा अझ यो भन्दापनि बढी मूल्यमा फलफूल तथा तरकारीको कारोबार भइरहेको छ ।

समग्रमा हेर्दा अन्य तरकारीको मूल्य बढेको छ। मुख्यतः अहिले फलफूल तथा तरकारीको मूल्यवृद्धि हुनुमा मौसमनै कारक रहेको सरोकारवालाहरु बताउँछन् ।

तर बेलाबेलामा बढ्ने तरकारीको मूल्यले भने हरेक नेपालीको भान्साको मूल्य बढाइदिन्छ । तरकारीको मूल्य बढ्नुको प्रमुख कारण भनेकै आपूर्ति कम हुनु हो । जब तरकारीको आपूर्ति बढ्दै जान्छ, स्वतः तरकारीको मूल्य घट्दै जान्छ ।

नेपालमा तरकारी तथा फलफूल कम उत्पादन हुने भएकाले तरकारी छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने अवस्था छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.