काठमाडौं। भारतमा एकै दिन ५९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।
वल्डोमिटर्सका अनुसार भारतमा संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ५९ हजार ६९६ जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या ३१ लाख ६४ हजार ८८१ पुगेको हो ।
संक्रमितमध्ये अहिलेसम्म २४ लाख ३ हजार १०१ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ३ हजार २३४ जनाको उपचार भइरहेको छ ।
भारतमा अहिलेसम्म कोरोनाभाइरस संक्रमणबाट ५८ हजारभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ८५४ जनाको मृत्यु भएपछि भारतमा मंगलबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५८ हजार ५४६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
भारत विश्वमा कोरोना संक्रमण उच्च हुने देशको तेस्रो स्थानमा छ। पहिलो स्थानमा अमेरिका र दोस्रो स्थानमा ब्राजिल रहेका छन्। ब्राजिल र भारतबीचको संक्रमणदुर खुम्चिँदै गएको छ
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।