add

मौसम पूर्वानुमान : कस्तो रहला दिनभरको मौसम ?






ActPro Nepal

|

७ भदौ, २०७७

|
905

काठमाडौं । भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले आज पनि मुलुकभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा सामान्य बदली भई प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको हो ।

आज दिउँसो गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । राति प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

भाद्र ०७ गते (आइतबार)
दिउँसोः
देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ०८ गते (सोमबार)
दिउँसो :
देशभर आंशिक देखि सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ०९ गते (मंगलबार)
दिउँसो :
देशभर सामान्यतया बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र प्रदेश ५, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

प्रदेश१, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.