आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल भाद्र ०५ गते । शुक्रबार । ईश्वी सन् २०२० अगष्ट २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–तृतीया,५१ घडी १६ पला,रातको ०२ बजेर ०८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–उत्तरफाल्गुनी,४९ घडी १५ पला,रातको ०१ बजेर २० मिनेट उप्रान्त हस्त । योग–सिद्ध,३१ घडी ४२ पला,बेलुकी ०६ बजेर १८ मिनेट उप्रान्त साध्य । करण–तैतिल,दिउसो ०३ बजेर १७ मिनेट उप्रान्त गर,रातको ०२ बजेर ०८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–सिंह,बिहान ०८ बजेर २६ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय ०५ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३४ मिनेट । दिनमान ३२ घडी २१ पला । हरितालिका(तीज व्रत। मन्वादि।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारि बिना नै महत्वपूर्ण काम शुरु गर्दा बिग्रन सक्छ ध्यान दिनुहोला । खराब संगत तथा गलत सल्लाहले हुन लागेको काम पनि अरुकै हातमा जानेछ । दाम्पत्य जीवनमा सामान्य घटपट आउनेछ भने माया प्रेममा धोका हुन सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
हतार गरेर गरिने कुनैपनि कामको नतिजा राम्रो नआउने हुनाले काम गर्दा ख्याल गर्नुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्य तथा पेट सम्बन्धी समस्या आउन सक्छ । उपाहार प्राप्तीको योग भएपनि टरेर जानेछ । माया प्रेममा सामान्य बिवाद हुनेछ भने जीवन साथिसँगको मनमुटाबले काम गर्न असहज हुनेछ । अन्य क्रियाकलापमा ब्यास्त रहनाले पढाइ लेखाइमा नतिजा अरुतिरै जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिहानको समय राम्रो रहेकोले दाजुभाई तथा आफन्तको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । अध्ययन तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । समयले साथ दिने हुनाले सानो सानो लगानीबाट आम्दानी गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले फाईदाका लागी पछि लाग्दा धनमाल गुम्न सक्छ ध्यान दिनुहोला । सवारी साधन तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दाजुभाई तथा छिमेकिसँग अनाबस्यक बिवाद हुनसक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । स्वास्थ्यमा कमजोरि देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ख्याल गर्नुहोला । आफन्त तथा साथिभाईबाट सुनिने दुखित समाचारले मन खिन्न हुनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै समय खर्चनु पर्नेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पढन पाढनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
तपाईको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । राजनीति तथा सामाजिक काममा जनताको समर्थन प्राप्त हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिहानको समय राम्रो रहेकोले निर्माण सामाग्रीहरुको व्यापारमा बृद्धि हुने तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा मन जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले प्रेममा मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पुराना तथा रोकिएर बसेका कामहरु सुचारु हुने तथा महत्वपुर्ण कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारी धन सम्पती तथा पैत्रिक सम्पति हात लागि हुने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै ईच्छित मनोकामनाहरु पुरा हुनेछन् । सुखदुखमा साथ दिने प्रसस्त भेटिने तथा चुनैतिका पहाडहरु चिर्दै अगाडि बढ्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राम्रा काम गर्दा गर्दै बिपक्षहरुले अनावस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् । कार्य क्षेत्रमा काम बिग्रने तथा आलोचनाको शिकार हुनुपर्दा मान सम्मानमा आघात पुग्नेछ । व्यापारमा भनेजस्तो आम्दानि नहुने हुनाले दैनिकी प्रभावित हुँनेछ । उपलब्धी बिहिन काममा समय गुज्रिने हुँदा पढाइ लेखाइमा ध्यान जाने छैन । प्रेम सम्बन्धमा सामान्य घटपट हुन सक्छ ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
काम गर्दा साबधानि अपनाउनु होला समय मध्ययम रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्न सकिने भएपकिन बाटोमा दुख हुन सक्छ ख्याल गर्नुहोला । पढाई लेखाईमा मन जाने छैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा लगानि गरेपनि तत्काल फाईदा हुने सम्भावना कम रहेकोछ । माया प्रेममा सामान्य मनमुटाबको अवस्था सिर्जना हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । मध्यान्हबाट स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफन्त तथा साथि भाईसँग रमाईलो यात्राको तय हुने तथा यात्राका क्रममा मिठा मिठा परिकारका स्वाद लिदै दिन कटाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुँदा भावना साटासाट गरि समय व्यातित गर्न सकिनेछ । खोजमुलक क्षेत्रमा समय बित्ने हुँदा मन प्रशन्न रहनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
तपाईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।