add

सेयर बजारमा दोहोरो अंकको गिरावट, ९७ करोडको कारोबार






ActPro Nepal

|

३ भदौ, २०७७

|
602

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सरकारले बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेसँगै लगानीकर्ता हतोत्साहित हुँदा बजारमा उच्च अंकले घटेको आँकलन गरिएको छ ।

निषेधाज्ञा लागू भए पनि सेयर बजार भने खुलै रहने नेप्सेले जनाएको छ । यसअघि गरिएको करिब ३ महिना लामो लकडाउन सेयर बजार पनि बन्द रहेको थियो । तर, यसपटक भने अनलाइन प्रणालीबाट कारोबार गरेर भएपनि बजार खुलाइने जनाइएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से १६.६० अंकले घटेर १३९१.२० बिन्दुमा पुगेको छ । यसदिन १८५ कम्पनीको ९७ करोड ३५ लाख ८८ हजार ५८७ रुपैयाँ बराबरको कारोबार भएको छ । २४ लाख ६९ हजार ४९९ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटै समूहको परिसूचक ओरालो लागेका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १३६.५९ अंकले घटेको छ ।

कोराबार रकमका आधारमा आज नागरिक लगानी कोषको सेयर शीर्ष स्थानमा रह्यो । यसको ७ करोड १४ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

घट्दो बजारमा पनि आज समृद्धि फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य १० प्रतिशतले बढेको छ । आज प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ३.८० प्रतिशतले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.