add

पिएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा






ActPro Nepal

|

३ भदौ, २०७७

|
514

काठमाडौं। पेरिस सेन्ट जर्मन पीएसजी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।

आरबी लेपजिङविरुद्ध ३–० को जित निकाल्दै पीएसजीले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो। 

गएराति लिस्बनमा भएको प्रतियोगितामा मार्किन्होसले खेलको १३ औँ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए।

त्यस्तै ४२ औँ मिनेटमा एन्जल डि मारियाले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। र ५६ औँ मिनेटमा जुआन बेनार्टले गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे।

अब फाइनलमा बिहीबार बिहान बार्यन म्युनिख र लियोनबीचको विजेतासँग पीएसजीले उपाधिका लागि भिड्नेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.