आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल भाद्र ०१ गते । सोमबार । ईश्वी सन् २०२० अगष्ट १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–त्रयोदशी,१२ घडी १८ पला,बिहान १० बजेर ३१ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–पुनर्वसु,०० घडी १३ पला,बिहान ०५ बजेर ४१ मिनेट उप्रान्त तिष्य । योग– सिद्धि,०० घडी ५९ पला,बिहान ०५ बजेर ५९ मिनेट उप्रान्त व्यातिपात । करण–वणिज,बिहान १० बजेर ३१ मिनेट उप्रान्त भद्रा,बेलुकी १० बजेर ०५ मिनेट उप्रान्त शकुनी । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय ०५ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेट । दिनमान ३२ घडी ३६ पला । भाद्र संक्रान्ति। वल्के पर्व । कीर्तिपुरमा वागभैरव यात्रा। जुग: येँ पञ्चदान। जुग: चह्रे पूजा।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्
यापार व्यावसायमा केहि समय पर्ख र हेरको रणनीति अपनाउदा राम्रो रहेकोछ भने कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने योग रहेकोछ । आमा तथा आफन्तसँग यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पराक्रम भावमा गोचर गर्ने शुभ चन्द्रमाले शाहसिलो काम गरेर आम्दानी गर्न सकिनेछ । छोटो दुरिको यात्राको योग रहेकोछ भने शुभचिन्तक तथा आफन्तसँगको सम्बन्ध सुमधुर रहनेछ । स्वास्थ्य सबल रहनेछ भने सत्रुहरु परास्त हुनेछन् । भौतिक स्रोत साधन जुट्नाले दिगो योजना बनाउन सकिनेछ । अध्ययनमा मन जाने तथा प्रतिस्पर्धामा विजयी भईनेछ । कृषि तथा बित्तिय क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
समयको माग अनुशार नचल्नाले दुख पाईनेछ भने आर्थिक कारोबार बिग्रने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । कुटुम्ब तथा आफन्तसँग कुनै कारोबार नगर्नुहोला मनमुटाव सिर्जना हुनेछ । बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला हतारमा निर्णय गर्दा आम्मघाति पनि हुन सक्छ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै संघर्ष गर्नुपनर्पेछ भने पढाइ लेखाइमा तपाईको उपस्थिति कमजोर रहनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । स्वास्थ्य सबल हुने हुनाले काम गर्न आट आउनेछ । खाद्यान्न,औषधी तथा निर्माण सामाग्रीहरुको व्यापारमा वृद्धि हुनेछ भने अन्य व्यापारमा मन्दि आउनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुनाले बाहिरि तत्वहरुले प्रलोभन देखाएर फसाउन सक्छन् ध्यान दिनुहोला । आफन्त तथा अग्रजहरुको सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । यात्राको योग रहेकोछ भने बिदेशमा उत्पादिन सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत व्यावसाय फस्टायर जानेछ भने पानी तथा खनिज पदार्थको कारोबारबाट प्रशस्त आम्दानि हुनेछ । अध्ययनमा मन जाने हुनाले बिद्यामा प्रगति हुनेछ । प्रेम प्रशङगमा सफतला प्राप्त हुनेछ । दाजुभाई बाट तपाईको काममा आर्थिक सहयोग हुनेछ । तरपनि खानपिन तथा बाहिरि वातावरणको ख्याल गर्नुहोला । साना तिना स्वास्थ्य सम्बन्धी समस्या आउनेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
योजना बनाएर काम सुरु गर्दा समयले साथ दिनेछ । मान्यजनको सुझावलाई शिरोधार्य गर्दा लाभ हुनेछ भने विशिष्ट व्याक्तिहरुको सहयोग जुट्नाले महत्वकांक्षी काम बन्न सक्छ । भूमि,बाहन तथा कर्मयोगबाट फाईदा हुनेछ । राज्यको नजिक रहेर काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । अध्ययनमा मन जानेछ भने समाजमा तारिफयोग्य काम गर्दै नाम तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रसाशनिक काममा सेवा प्रबाह गर्नेहरुले तपाईको काम समयमा सम्पन्न नगरिदिदा महत्वपुर्ण कामहरु थाति रहनेछन् । पढाइ लेखाइमा मन नजाने हुँदा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । प्रेममा तित्तता आउने तथा एक अर्कालाई शंकाको नजरले हेर्दा मनमुटाव बढ्नेछ । धार्मिक तथा शैक्षिक यात्रा भएपनि गन्तब्यमा पुग्नको लागि बिभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
चिताएको काममा बाधा हुने तथा सोचेजस्तो नहुनाले दैनिक कामगर्न गाह्रो महशुष हुनेछ । आफ्नै कारणले पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा आफन्तबिच घरायसि कुरामा बिवाद निम्तिन सक्छ ध्यान दिनुहोला । कुनै योजना भए केहि समय थाति राख्दा राम्रो हुनेछ । पुराना लेनदेनका मुद्दाहरु बल्झन सक्छ सजक रहनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सामाजिक कार्यले हौसला प्रदान गर्नेछ भने रचनात्मक काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । मनपर्ने वस्तु तथा उपाहार प्राप्तीको योग रहेकोछ । माया प्रेममा रमाउन सकिनेछ भने साथ दिनेहरु प्रशस्त भेटिनेछन् । सुन्दर पहिरनले व्यात्तित्वमा निखारता ल्याउन सकिनेछ । पारिवारिक जमघटका बीच मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पहिलेका समस्याहरु हल हुने योग रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
विछोडिएका आफन्त तथा परिवारजनसँग भेटघाट हुनेछ । खानेकुरा र औषधीजन्य सामानको व्यापार व्यावसायको कारोबारमा वृद्धि हुनेछ भने रोकिएर बसेका कामहरु सम्पादन गर्न सकिनेछ । अग्रज तथा आफन्तबाट सहयोग प्राप्त हुनेछ भने प्राविधिक कामबाट विशेष सफलता हात पार्न सकिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्बन्धी समस्या आउन सक्छ । भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।