add

भ्रष्टाचार अभियोगमा नेपाली सेनाका तीन अधिकारी बर्खास्त






ActPro Nepal

|

३२ साउन, २०७७

|
873

काठमाडौं । नेपाली सेनाका तीन अधिकारी बर्खास्त गरिएका छन् । सैनिक अदालतबाटै दोषी ठहरिएका नेपाली सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मा बर्खास्त गरिएका हुन् ।

उनीहरुलाई सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा समरी जनरल सैनिक अदालतले बर्खास्तको फैसला सुनाएको थियो । उनीहरुले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा सैनिक अदालतले दोषी ठहर गरेको हो ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहरिएका उनीहरुलाई कारबाहीसहित सेवाबाटै हटाउने अदालतको फैसला छ ।

यस्तै सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर बिष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डेलाई सफाइ दिने अदालतको फैसला छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.