काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ७१ हजार २६४ कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।
वर्ल्डोमिटरको तथ्याङ्कअनुसार योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड १० लाख ६८ हजार ९५७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ३१५ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ५२ हजार ७२१ पुगेको छ ।
१ करोड ३८ लाख ९८ हजार ६९२ जना संक्रमणमुक्त भएका छन् । अहिले ६४ लाख १७ हजार ५४४ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ६४ हजार ६४१ जनाको अवस्था गम्भीर छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार १६८ जनाको मृत्यु भएको छ । ३१ लाख २७ हजार ५०५ जना संक्रमित भएकोमा १८ लाख ७२ हजार ३१४ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४२ हजार ३८२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६३ लाख ७३ हजार ७९९ पुगेको छ । त्यसमध्ये ३४ लाख ६७ हजार ८६१ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा १ लाख १५ हजार ६३५ जनाको मृत्यु भएको छ । ५३ लाख ९२ हजार २९४ जना संक्रमित भएकोमा ४१ लाख १५ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ६७ हजार ४१० जनाको मृत्यु भएको छ । ५० लाख ६१ हजार ८९२ जना संक्रमित भएकोमा ३६ लाख ४३ हजार ८५९ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा २४ हजार ७२४ जनाको ज्यान गएको छ भने १० लाख ८८ हजार ३३८ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ८३ हजार ५७९ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ३८७ जनाको मृत्यु भएको छ । २४ हजार ४०८ जना संक्रमित भएकोमा १४ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।