आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल साउन ३० गते । शुक्रबार । ईश्वी सन् २०२० अगष्ट १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–दशमी,१२ घडी २१ पला,बिहान १० बजेर ३० मिनेट उप्रान्त एकादशी । नक्षत्र–मृगशिरा,५७ घडी २७ पला,रातको ०४ बजेर ३३ मिनेट उप्रान्त आद्रा । योग–व्याघात,०८ घडी ११ पला,बिहान ०८ बजेर ५० मिनेट उप्रान्त हर्षण । करण– भद्रा,बिहान १० बजेर ३० मिनेट उप्रान्त बव,बेलुकी १० बजेर ४९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–वृष,दिउसो ०३ बजेर ५७ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय ०५ बजेर ३४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४० मिनेट । दिनमान ३२ घडी ४६ पला ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समाजमा राम्रा काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पारिवारिक माहोलामा जभघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा थोरै लगानि गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने जीवन साथिको सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा तारिफयोग्य काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रयत्न गर्दा व्यावहारिक कामले व्यावसायिक मार्ग अवलम्बन गर्न सक्छ । उठ्नु पर्ने रकम हात लागि हुनाले आर्थिक पक्ष सवल रहनेछ । मेहनेतले जीवनशैली परिवर्तन हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । साझपख लेखनकला साहित्यको क्षेत्रमा रुचि बढ्नुको साथै प्रतिभाले मान सम्मानमा वृद्धि हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधी उपचार खर्च बढ्न सक्छ । स्वदेशी सामानको व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समााचारले मन दुखित तुल्याउनेछ । साझबाट समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा अध्ययनको लागि प्रविधिको सहयोग लिन सकिनेछ । राजनीति तथा समाजसेवा गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आर्थिक रुपमा सवल हुनका लागि थालिएका कामहरुबाट मनग्गे लाभ हुँनेछ । पैत्रिक तथा सरकारि धन सम्पति लाभ हुने योग रहेकोछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्त हरुसँगको सम्बन्धमा प्रगाडता थपिनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् । साझपख समय मध्ययम रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राज्य तथा लाभ भावमा गोचर गर्ने शुभ चन्द्रमाले आवश्यक स्रोत साधन जुटाई दिगो काम गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी राम्रो रहनाले दिन सवल रहनेछ । राज्यको नजिक रहि काम गर्नेहरुका लागि समयले साथ दिनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि भौतिक सम्पती जोड्न सकिनेछ । विशिष्ट व्याक्तिहरु नजिक हुनेछन् भने प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । शुभ समाचारले मन प्रशन्न हुनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
छोटो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रका भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । धर्म तथा सस्कृतिको बचाउमा समय खर्चनु पर्ने हुन सक्छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । समाजसेवामा मन जाने तथा मान सम्मानमा बृद्धि हुने योग रहेकोछ । सामाजिक काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
घर परिवार बिषेश गरि दिदि बहिनी हरुसँगको सम्बन्धमा आउने वैचारिक द्वन्द्धले उतारचडाव ल्याउनेछ । अरुकै काममा समय बित्ने हुँदा पढाई लेखाई प्रभावित हुनेछ । व्यापार व्यावसाय खस्कनेछ भने स्वास्थ्य कमजोर रहनेछ । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुनेछ । साझबाट समय राम्रो रहेकोले अनुसन्धान तथा अध्ययनमा लाग्नेहरुका लागि समय उत्तम रहेकोछ । मनमा धार्मिक प्रविति जागृत हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ भने नयाँ नयाँ आम्दानिका बाटाहरु फेला पर्नेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने तथा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् । साझबाट समय मध्ययम रहेकोले सवारी साधन तथा भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रतिस्पर्धी तथा आलोचना गर्नेहरुलाई किनार लगाउदै आफ्नो पक्षमा माहोल सिर्जना गर्न सकिनेछ । लामो समयदेखि रोकिएर बसेका न्याय सम्पादन तपाईँकै पक्षमा फैसला हुनेछन् । नोकरी तथा अध्ययनमा हुने प्रपिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । राजनीति तथा नोकरिमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । साझपख बिलाशी तथा भौतिक बस्तु प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा निकाल्न सकिनेछ । बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि हुनेछ । बौद्धिक तथा प्राज्ञिक सभा समारोहमा सहभागि भई गतिलो प्रश्तुति दिने अवसर जुर्नेछ भने आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । आकश्मिक धन तथा मानव निर्मित र्भातिक सम्पति लाभ हुने योग रहेकोछ । नयाँ ठाउँबाट प्रेम प्रश्ताव आउने तथा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउदा मन प्रशन्न हुनेछ । साझपख कुनै पनि प्रतिष्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आत्मिय साथि तथा आफन्तसँग मनमुटाब बढ्नेछ भने आमा तथा आमा सरहका मानिससँग बिवाद बढ्ने योग रहेको छ । घरजग्गा तथा सवारी साधनको कारोबारमा विवाद हुने योग रहेकोछ । व्यापार व्यावसायमा नाँफा कमाउन प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । साझबाट समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा सन्तानको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
तपाईँको काममा दाजुभाई तथा छिमेकीको साथ तथा समर्थन रहनेछ । खाद्यन्न,औषधी तथा पानीसँग सम्बन्धीत सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने आफन्तसँग मिलेर नयाँ काम गर्न सकिनेछ । सवारी साधन तथा बिभिन्न भौतिक सम्पती जोड्न सकिनेछ । छोटो यात्राको प्रशस्त सम्भावना रहेकोछ । अध्ययन तथा अनुसन्धानमा लाग्नेहरुका लागि समयले साथ दिनेछ । साझपख समय रहेकोले आफन्तहरुको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । नचाहाँदा नचाहाँदै जग्गा सम्बन्धी विवादमा सामेल हुनु पर्ला ।
तपाईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।