add

आजदेखि देशभर सवारी पास वितरण बन्द, सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन






ActPro Nepal

|

२९ साउन, २०७७

|
576

काठमाडाैं। आजदेखि देशभर सवारी पास वितरण बन्द गरिएको छ।  गृह मन्त्रालयको निर्देशन अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयले सवारी पास वितरण बन्द गरेका हुन्।

मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि आजदेखि लागू हुने गरी पास वितरण बन्द गर्न हिजो सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो। मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिमका कारण पास वितरण नगर्न निर्देशन दिएको हो।

यसअघि देशभरका जिल्ला प्रशासन कार्यालयहरूले विभिन्न समयमा भएको मन्त्रिपरिषद्का निर्णय र गृहमन्त्रीस्तरको निर्णयसँगै निर्देशनको आधारमा सवारी पास वितरण गर्दै आएका थिए। कोरोना संक्रमण दिनहुँ बढिरहेको छ। जोखिम बढेपछि गृहले यो कदम चालेको हो।

नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४२३ पुगेको छ भने अहिलेसम्म ९१ जनाको निधन भएको छ। १६ हजार ७२८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्या‌ंक छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.