add

सवारीसाधनको नम्बर प्लेट नेपाली भाषामा बनाउन आग्रह






ActPro Nepal

|

२८ साउन, २०७७

|
701

काठमाडौं। प्रगतिशील लेखक संघले अंग्रेजी भाषामा सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट बनाउने व्यवस्था गर्न लागिएकोमा विरोध जनाएको छ । 

नेपाली भाषा विश्वकै प्राचीन र समृद्ध भाषामध्ये एक भएको र यसमा सबै खालको कामकाज गर्न सक्षम, सहज र सम्भवसमेत प्रमाणित भइसकेको अवस्थामा यस्ता राष्ट्रिय प्रयोजनमा नेपाली भाषा कायम गर्न संघले सरकार र सम्बद्ध पक्षसँग आग्रह गरेको हो।

संघका अध्यक्ष डा. जीवेन्द्रदेव गिरी र महासचिव समिर सिंहले जारी गरेको विज्ञप्तिमा तमाम राष्ट्रप्रेमी तथा स्वभाषाप्रेमी नेपालीको भावनाविपरीत अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट नबनाउन ध्यानाकर्षण गराइएको छ। 

यसैगरी सङ्घले भूकम्पपछि अलपत्र ललितपुरस्थित राष्ट्रिय पुस्तकालयलाई  काठमाडौँमा सार्ने निर्णय स्थगन भएकामा पनि  चिन्ता व्यक्त गरिएको छ।-रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.