add

गोंगबुु हत्याकाण्ड : प्रहरीसमक्ष कल्पनाको बयान‘मैले एक्लै मारेकी हुँ’






ActPro Nepal

|

२७ साउन, २०७७

|
820

काठमाडौं। गोंगबु हत्या प्रकरणकी आरोपित कल्पना शाही भनिने कल्पना मुडभरीले अभियोग स्वीकार गरेकी छन्। प्रहरीसँगको बयानमा उनले  कृष्णबहादुर बोहराको  हत्या आफू एक्लैले गरेको बयान दिएकी छिन्।

घटनामा संलग्न भनिका आमाछोरीसँगको बयानका आधारमा प्रहरीले घटना प्रेम र यौनका कारण भएको निष्कर्ष निकालेको हो ।

हत्या आरोपित महिला कल्पना शाही र उनकी १५ वर्षीया छोरीलाई मंगलबार बिहान चितवनबाट काठमाडौं ल्याई प्रहरीले टोखा नगरपालिकाको नवज्योती मार्गमा हत्या गरिएको घरमै लगेर बयान लिएको छ ।

हत्या गरिएका दाङका कृष्णबहादुर बोहोरासँगको सम्बन्धबारे खुलाइएको छैन । बयानकै क्रममा ती महिलाले बोहोराको हत्या गरेको र शव व्यवस्थापनमा छोरीले सहयोग गरेको बताएको प्रहरी स्रोतले जनाएको छ ।

श्रोतका अनुसार ती महिलाले आफूमाथी यौन हिंसा भएकोले हत्या गर्न बाध्य भएको वयान दिएकी छिन् । उनले ‘आफूमाथी पटक पटक यौन हिंसा भएपछि सुरुमा अण्डकोषमा हानेको र पछि खुकुुरीले घाँटी र खुुट्टा काटेँको बताएकी छिन् ।

काटिसकेपछि जिउ सुडकेसमा तथा खुुट्टा र टाउको जेब्रा झोलामा राखेर छुुट्टा छुुट्टै स्थानमा फालिएको थियो। शव मिल्काउन छोरीको सहयोग लिएको कल्पनाले बताएकी छन्।

गएको आइतबार बिहान बोहोराको शव सडकमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर टाउको र खुुट्टा भने ३ सय मिटर टाढा खालि जग्गाको कुुनामा फेला परेको थियो। कल्पनाका आमाछोरी भने त्यसैदिन दिउँसो चितवन गएका थिए।

हत्यामा संलग्न भनिएका आमा छोरीलाई आज महानगरीय प्रहरी परिसर टेकुले सार्वजनिक गर्दैछ ।

महिला र मृतकबीचको सम्बन्ध के थियो ?

प्रहरीको अनुसन्धानबाट पक्राउ परेकी महिला र मृतकबीच प्रेम सम्बन्ध रहेको पाइएको छ ।

श्रीमान वैदेशिक रोजगारीमा गएकी ती महिला र हत्या गरिएका पुरुषबीच लामो समयदेखि चिनजान थियो । उनीहरु बेला बेलामा एक अर्काको कोठामा आउजाउ समेत गर्थे ।

उनीहरुबीच यौनसम्बन्ध समेत रहेको प्रहरी स्रोतको जनाएको छ । मृतक बोहोराले कल्पनाकी १५ वर्षीया छोरीलाई समेत ‘आखा लगाएपछि’ उनले हत्या योजना बनाएको खुलेको छ । कृष्णलाई बेहोस् बनाएपछि उनले धारिलो हतियारले घाँटी रेटेको प्रहरी दाबी छ ।

यो पनि पढ्नुसः

गोङ्गबुमा भेटियो सुटकेशमा शव

गोंगबु हत्या प्रकरण : सुटकेससंगै फेला परेको थियो नाम्लो,स्थानीय भन्छन् : राति १ बजे ड्याङ आवाज सुने

गोंगबुमा विभत्स हत्या भएको शवको पहिचान नभएपछि फोटो सार्वजनिक
गोंगबुमा विभत्स हत्या भएको शवको पहिचान खुल्यो


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.