काठमाडौं । आफ्ना दुई जना कर्मचारीमा कोरोना पुष्टि भएपछि एभरेष्ट बैंकको मुख्य कार्यालय दुई दिनका लागि बन्द भएको छ । लाजिम्पाट स्थित एभरेष्ट बैंकको मूख्य कार्यालय सोमबार र मंगलबार बन्द गरिएको हो ।
बुधबार देखि नियमित रुपमा मुख्य कार्यालय र शाखाबाट सेवा सूचारु हुने बैंकले बताएको छ ।
बैंकले लाजिम्पाट स्थित सबै कर्मचारीको परिक्षण गराएको थियो । सो क्रममा दुई जना कर्मचारीमा पोजेटिभ देखिएको थियो । संक्रमित कर्मचारीलाई आइसोलेसनमा पठाइसकिएको छ ।
यस्तै, आइतबार बैंकको सो कार्यालय ‘डिसइन्फेक्टेड’ गरिएकाले दुई दिनका लागि सेवा बन्द गरिएको बताइएको छ ।
मुख्य कार्यालय बन्द भएपनि बैंकको अरु शाखा कार्यालयबाट हुने सेवा नियमित रहेको र कुनै अवरोध नभएको बैंकले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।