काठमाडौं । नेपालमा तत्काल हवाई र लामो दूरीको यातायात सेवा संचालनमा नआउने भएको छ ।
कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले कोरोना भाइरसको संक्रमण समुदाय तहमा फैलिएकाले भदौ १ गतेदेखि सञ्चालन गर्न दिनु घातक हुने निष्कर्ष निकालेको हो ।
सोमबार मन्त्रिपरिषद् बैठक बसेर यसलाई औपचारिकता दिनेछ । सिसिएमसीको आइतबार बसेको बैठकले १५ दिनका लागि यी सेवा स्थगित गर्न प्रस्ताव गरेको हो ।
यसअघि ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।
तर, यसबीचमा पछिल्लो समय कोरोनाको ग्राफ बढेको छ । यसले सरकारलाई झस्काएको छ । बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो अनुसार काम गराउन समेत प्रस्ताव गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।