add

विश्वभर कोरोना संक्रमित संख्या दुई करोड नाघ्यो






ActPro Nepal

|

२६ साउन, २०७७

|
700

काठमाडौं। विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड नाघेको छ। 

जोन्स हप्किन्स विश्व विद्यालयका अनुसार विश्वमा दुई लाख १२ हजार ३२१ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या दुई करोड ९ हजार २७० पुगेको हो। विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सात लाख ३३ हजार ३६४ पुगेको छ भने एक करोड २८ लाख ८७ हजार २१९ जना संक्रमणमुक्त भएका छन्। विश्वमा अहिले ६३ लाख ८८ हजार ६८७ जना सक्रिय संक्रमित छन्।

यसैगरी संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या सात लाख ३३ हजार ३६४ पुगेको छ भने एक करोड २८ लाख ८७ हजार २१९ जना संक्रमणमुक्त भएका छन्। विश्वमा अहिले ६३ लाख ८८ हजार ६८७ जना सक्रिय संक्रमित छन्।

सन् २०१९ को डिसेम्बरमा चीनाको वुहानमा पहिलोपटक कोरोना भाइरस देखिएको थियो। अहिले २१५ देशमा यो फैलिएको छ। नेपालमा गएको ९ माघमा पहिलो केस देखिएको थियो।

अहिलेसम्म नेपालमा २२ हजार ९७२ जना संक्रमित भएका छन् भने यसमध्ये १६ हजार ३५३ संक्रमणमुक्त भएका छन्। ७५ जनाको मृत्यु भएको नेपालमा ६ हजार ५४४ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.