add

विदुर नगरपालिकाको क्वारेन्टिमा बसिरहेका तीनजनामा कोरोना पुष्टि






ActPro Nepal

|

२५ साउन, २०७७

|
562

काठमाडौं ।  नुवाकोटको थप  तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसिआर परीक्षणमा  थप तीन जनामा कोरोना संक्रमण पुष्टि हो ।

संक्रमितहरु विदुर नगरपालिका १८,२२ र ४६ वर्षका पुरुष रहेका छन् । उनिहरु बाहिर जिल्लाबाट कामको लागि आएर विदुर नगरपालिका अन्तरगत क्वारेन्टिनमा बसिरहेका थिए । 

यो सहित नुवाकोटमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । त्यसमध्ये ३७ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । 

अन्य १३ जनाको त्रिशुली अस्पताल, ६ जनाको काठमाडौंमा र १ जनाको खरानीटार अस्पतालमा उपचार भैरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.