काठमाडौं। काठमाडौंको गोंगबुस्थित गणेशस्थान नजिकै फेला परेको शवको ‘घटनास्थल’ खोजीमा प्रहरी जुटेको छ।
आज बिहान स्थानीयले सुटकेसबाट रगत बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । एक स्थानीय र प्रहरी हवल्दारले सुटकेस खोलेर हेर्दा घुँडादेखि माथि र घाँटीदेखि तलसम्मको भाग मात्र भएको शव भेटियो ।
त्यसपछि प्रहरी हवल्दारले माथिल्लो निकाएमा जानकारी गराए । स्थानीयको अनुसार शव भेटिएको स्थानमा राति १ बजे केही ड्याङ गरेको आवाज समेत सुनेका थिए । एक स्थानीयका अनुसार राती उठेर हेर्दा उनले दुई जना मानिस समेत देखेको प्रहरीलाई जानकारी दिएका छन् ।
घटनास्थलमा प्रहरीले सेतो बोराको नाम्लो समेत बरामद गरेको छ । अन्त हत्या त्यहाँ नाम्लाले बोकेर ल्याएर त्यहाँ फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
शव फेला परेको स्थलमा नेपाल प्रहरीको फरेन्सिक ल्याबको टोली पुगेको छ। घटनाको विस्तृत अनुसन्धानका लागि विशेषज्ञ कुकुरसहितको प्रहरी टोली, महानगरीय अपराध महाशाखा र महागरीय प्रहरी परिसरको टोली सोही स्थानमा रहेको छ ।
प्रहरीका अनुसार शव राखिएको सुट्केस र जेब्रा ‘क्लोज सर्किट टेलिभिजन’ (सीसीटीभी) को फ्रेमभन्दा बाहिर रहेको पनि पाइएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।