काठमाडौं । एयर इन्डियाको विमान केरलको कालिकट विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा पाइलटसहित १७ जनाको मृत्यु भएको छ ।
संयुक्त अरब इमिरेट्सको (दुबई)बाट आएको एयर इन्डियाको आईएक्स-१३४४ बोइङ ७३७ विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको हो ।
युएईबाट चालक दलका सदस्यसहित १९० यात्रु बोकेर आउँदै गरेको एअर इन्डिया फ्लाइट (IX-1344) रनवेमा चिप्लिएर दुर्घटनामा परेको थियो।
दुर्घटनाग्रस्त हुने बित्तिकै विमान दुई टुक्रा भएको र आगो लागेको थियो।
दैनिक भास्करले उल्लेख गरेको समाचार अनुसार विमानमा चालकदलका सदस्यसहित १९० जना थिए । दुर्घटनामा परी दुई जना पाइलटसहित कम्तीमा १७ जनाको मृत्यु भएको हो । १९० जनामा १२८ पुरुष, ४६ महिला, १९ बालबालिका, ४ क्रू मेंबर्स र २ पाइलट थिए । दुर्घटनामा घाइते १६० यात्रुमध्ये ३० जनाको अवस्था गम्भिर छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।