add

उपत्यकामा १ सय ६ जना कोरोना संक्रमित थपिए






ActPro Nepal

|

२३ साउन, २०७७

|
622

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार थप १०६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । यो उपत्यकामा थपिएका अहिलेसम्मकै धेरै संख्या हो ।

प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा काठमाडौंका १४ जना, ललितपुरका ३ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका २ जना, काठमाडौंका ३९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै ललितपुरका ३ जना, पाटन अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ५ , भक्तपुरका १, ललितपुरका २ जना, विर अस्पतालमा काठमाडौंका ४ जना, शिक्षण अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ११ जना, ललितपुरका १ जना, बिआइडिएच ल्याबमा गरिएको परिक्षणमा ललितपुरका १ जना, काठमाडौंका २ जना ह्याम्स अस्पतालका गरिएको परिक्षणमा काठमाडौंका ४ जना, नेपाल कोरिया मैत्री काठमाडौंका १ जना, भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.