add

देशभर कोरोना संक्रमित प्रहरीको संख्या २५०, निको हुनेको संख्या १०१ जना






ActPro Nepal

|

२२ साउन, २०७७

|
582

काठमाडौं । प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) नक्सालमा ८५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै हेडक्वार्टरमा संक्रमितको संख्या ८५ पुगेको हो । संक्रमित हुनेमा अधिकांश हेडक्वार्टरको सवारी शाखा र सञ्चार निर्देशनालयका प्रहरीहरु छन्।

प्रहरी प्रवक्ता एसएसपी कुवेरसिंह कडायतका अनुसार अहिलेसम्म देशभर कोरोना संक्रमित प्रहरीको संख्याको  संख्या दुई सय पुगेको  छ। कडायतका अनुसार संक्रमितमध्ये एक सय १९ जना निको भैसकेका छन्। बाँकीको उपचार जारी रहेको उनले बताए। उनले अख्तियारमा कार्यरत प्रहरीको तथ्यांक समावेश नभएको बताएका छन ।

प्रहरी प्रधान कार्यालयमा कसरी कोरोना फैलियो भन्ने यकिन भैसकेको छैन। तर, सिन्धुपाल्चोक बाह्रविसेमा असार २५ गते गएको पहिरो पीडितको उद्धारमा खटिएको टोलीबाट हेडक्वार्टरमा संक्रमण फैलिएको आशंका गरिएको छ।

पहिरोमा बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी प्रधान कार्यालय विपद व्यवस्थापन शाखाको टोलीलाई पुगेको थियो।

त्यहीँबाट फर्किएर आएकामध्ये तीन जनामा कोभिड–१९ (कोरोना भाइरस) सँग मिल्दोजुल्दो लक्षण देखिएपछि नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

हेडक्वार्टरमा पहिलो पटक साउन ९ गते तीन जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा संख्या बढ्दै गएको छ। 

 संक्रमितको संख्या बढ्दै गएपछि प्रधान कार्यालयभित्र बाहिरी मानिसको आउजाउमा कडा पारिएको छ । अत्यावश्यक काममा आउनेलाई आवश्यक सुरक्षा मापदण्ड अपनाएर प्रवेश दिइएको एसएसपी कडायतले बताएका छन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.