काठमाडौं । सरकारले भोलिबाट सवारी सञ्चालनमा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।
कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
सो निर्णय बिहीबारदेखि लागू हुने मन्त्रालय स्रोतको भनाइ छ ।
कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले त्यस्तो निर्णय गरेको हो ।
गत साउन ७ गतेबाट एकाध बाहेक सबैजसो क्षेत्रमा लकडाउन खुल्ला भएसँगै मानिसहरु सामान्य दैनिकीमा फर्कन थालेका छन् ।
काठमाडौं उपत्यका लगायत अत्याधिक भिडभाड हुने शहरहरुमा मानिसहरुको चाप बढेसँगै संक्रमितको संख्या पनि उच्च रुपमा वृद्धि भएको छ । बितेको २४ घण्टामा मात्रै काठमाडौंमा ५७ जनासहित ललितपुरका ५ जना, धादिङका २ जना, सुनसरी २ जना, इलामका २ जना, सप्तरीका ८ जना, उदयपुरका १ जना, इलामका १४ जना, सर्लाहीका ५ जना, धनुषाका १२ जना, महोत्तरीका १७ जना, सिरहाका २ जना, बाराका २८ जना, पर्साका १५१ जना, गोरखाका ३ जना, कपिलवस्तुका ९ जना, मकवानपुरका ४ जना, रौतहटका २ जना, सिन्धुपालचोकका १ जना, स्याङजाका १७ जना, बाग्लुङका २ जना, बाँकेका १३ जना, दाङका १ जना, सुर्खेतका १० जना, कालीकोटका १ जना र बझाङका ११ जना गरी थप ३८० जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।