add

कति छ आज सुनको मूल्य ?






ActPro Nepal

|

१९ साउन, २०७७

|
837

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले साउन १९ गते सोमबारका लागि छापावाल सुन प्रतितोला ९९ हजार ६०० रुपैयाँ तेजावी ९९ हजार १६० रुपैयाँ तथा चाँदी १ हजार २३० रुपैयाँ तोकेको छ ।

आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

आइतबार सुन प्रतितोला ३०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेकोेमा सोमबार स्थिर बनेको हो । यस्तै चाँदीको भाउ पनि आइतबार ३० रुपैयाँ बढेको थियो।

चाँदीको भाउ यसअघि साउन १३ गते १ हजार २४५ रुपैयाँसम्म पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै यहाँ पनि भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूल्य निर्धारण हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनमा लगानीकर्ता आकर्षित बन्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।

हङकङका कारण चीन र अमेरिकाबीच उत्पन्न तनाव, कोरोना भाइरसका कारण लगानीका अन्य क्षेत्रभन्दा सुन रोजाइमा पर्नु, बजेट मार्फत बढाइएको भन्सारदरका कारण पनि नेपाली बजारमा सुनको मूल्य बढ्नुको कारण रहेको जानकारहरु बताउँछन्।

यसका अलवा अमेरिकी केन्द्रीय बैंकले बन्ड रकममा दिँदै आएको ब्याजदर घटाएकाले पनि सुनको मूल्य बढेको सुनचाँदी व्यवसायीको भनाइ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.