काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमणको कारण विदेशमा अलपत्र नेपालीहरुको उद्धार कार्य जारी छ ।
सरकारले स्वदेश फर्काउन सुरु गरेदेखि साउन १६ गतेसम्मको अवधिमा ३७ हजार ४ सय २४ जना स्वदेश फर्किएका छन् ।
सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन मसान्तसम्म बन्द राख्ने निर्णय गरेपनि चाटर्ड उडान मार्फत उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।
सीसीएमसीको तथ्यांक अनुसार त्यस अवधिमा सबैभन्दा धेरै युएई स्वदेश फर्किएका छन् । युएईबाट ८ हजार ५ सय ३८ जना नेपाल फर्किएका छन् । कुवेतबाट ६ हजार सय १ सय ७९ जनाको उद्धार भएको हो । मलेसियाबाट ५ हजार ३ सय ८४ जना नेपालीहरू स्वदेश फर्किएका छन्।
जापानबाट ७ सय ५६ जना, अफगानिस्तानबाट ३३ जना, हङकङबाट ८९ जना, म्यानमारबाट २६ जना र अस्ट्रेलियाबाट ७ सय ९५ जनाको उद्धार गरिएको छ।
यस्तै बंगलादेशबाट ८ सय ४१ जना, ओमानबाट ४ सय ९२ जना, माल्दिभ्सबाट ७ सय ९ जना नेपाल फर्किएका छन् ।
यसैगरी कतारबाट ३ हजार ९ सय ४१ जना, श्रीलंकाबाट ५ जना नेपाली फर्किएका छन् भने दक्षिण कोरियाबाट ७ सय २० जना नेपाल फर्किएका छन्। सिंगापुरबाट २ सय ९७, पाकिस्तानबाट ७२ , अमेरिकाबाट ४ सय २३ र भारतबाट ८० जनाको उद्धार गरिएको छ ।
हालसम्म विदेशमा रहेका नेपालीहरुको उद्धारका लागि विदेशका र नेपालबाट हिमालय र नेपाल एयरलाइन्सले उडान गरिरहेका छन् । साउन १६ सम्म २४१ वटा उडान भएका छन् ।
सरकारले विदेशमा रहेका नेपालीहरुको उद्धारका लागि थप ५४ उडान गर्न अनुमति दिएको छ । उद्धार उडान आगामी शनिबार (८ अगस्त) सम्म हुनेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।