काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
शनिबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई(दुई रुपैयाँले बढाएको हो।
मूल्यवृद्धि सँगसँगै काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १०४ रूपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर ९० रूपैयाँ पुगेको छ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।