विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि दुब्र्यवहार भएको छ । उनीमाथि कार्यकक्षमै कुटपिट भएको हो ।
शनिबार बिहान ११ बजेतिर कार्यकक्षै प्रवेश गरेका दुई जनाले उनीमाथि यस्तो व्यवहार गरेको प्रहरी जनाएको छ । सन्जेल भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका कर्मचारी हुन् ।
उनी भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा समेत पहिचान बनाएका कर्मचारी हुन् । प्रहरीले उनीमाथि दुब्र्यवहार गरेको अभियोगमा दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइराला नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको बताइएको छ ।
प्रत्यक्षदर्शी एवं स्थानीय व्यापारी रेवतीप्रसाद अधिकारीका अनुसार सञ्जेल आइपुगेको केही बेरमा नेत्र र मेनुका पनि कार्यालय प्रवेश गरेर चुक्कुल लगाएर कुटपिट गरेका थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।