add

डलर कमाउने केहि युट्युब च्यानलको धन्दा, न मनोरञ्जन न सूचना






ActPro Nepal

|

१६ साउन, २०७७

|
1383

काठमाडौं । भिडियो सामग्रीका लागि युट्युब संसारभर प्रचलित माध्यम हो । इन्टरनेटमा पहुँच हुनेहरुका लागि भिडियो सामाग्रीमा समाचार, मनोरञ्जन र ज्ञानप्राप्त गर्न युट्युब छिटो मात्रै होइन शक्तिशालि माध्यम पनि हो ।

तर पछिल्लो समय डललको खेतीको रुपमा देखिन थालेको कतिले सूचना सन्देश दिनेभएपनि केहि भने डलरकै धन्दामा देखिएका छन् ।

त्यस्ता युट्युबहरुमा आफ्नो परिवार नै जुटेर काम गर्छन् । न मरोरञ्जन नै हुन्छ न सूचना सन्देस त्यसको उदाहरणको रुपमा लिन सकिन्छ   5k मोसन जहाँ पोष्ट भएका भिडियोहरु लोक गायिका शान्तिश्री परियार देखि चर्चित गायक नारायण रायमाझीलाई समेत प्रयोग गरि सेयर गरेर हल्लाखल्ल गर्दा नी बढिमा ४-५ हजार भ्यु कट्न कठिन देखिएको छ ।

जहाँ भ्युज कमाउने दाउमा  जातिय मुद्धा अघि सारिएको प्रष्ट देखिन्छ भने न्युन वर्गका पिडा देखाएर भ्यु बटुल्ने दाउ त्यसमा देखिएको छ । 'दलित', 'कामीदाईको छोरो' जस्ता शब्दको प्रयोग गरिएको छ ।

भने 'दृष्टि बिहिन', 'अत्महत्या' जस्ता शिर्षककमा भ्यजु बटुल्ने प्रयास गरिएर पत्रकार आचार संहिताको खिल्ली उठाइएको छ । स्रोतका अनुसार श्रीमतीलाई कार्यक्रम सञ्चालिका देखि गायिका समेत यसै च्यानलले बनाएको देखिएपछि गुणस्तरियता भने पटक्क देखिएको छैन् । 

श्रीमान छायंकन,सम्पादन र आवश्यक सामाग्रीको प्रयोग सहजै गर्न पाउने भएकाले पनि भिडियो अनेकौ हिसाबमा बनेपनि दर्शकको भने मन जित्न नसकेको प्रष्ट देखिन्छ ।

त्यस्तै स्टिङ रोमान्स भन्दै अश्लिल भिडियो जस्तै देखिने गरि अर्को च्यालनले पनि आचार संहिताको खिल्ली उडाएको छ भने विवादित हुने अश्लिल शब्दको प्रयोग र हाउभाउ त्यस्तै देखिने ज्योति मगरले पनि तीज गीत मुत्ने गरी हान जस्ता शब्दको प्रयोथ गरेकी छिन् ।

हुन त दुर्गेश थापा जस्ता चलेका कालाकारले पनि भ्जुयकै नाममा महिला पहिरनको खिल्ली उठाउँदै समाजमा विकृती देखाउन पछि परेनन् ।

अघोरीबाबाको नाम बेचेर केहि दिन चलेकाका युवटुवहरु कोरोनाको त्राससँगै खडेरीलागेपछि मुकुन्दे, पुण्य गौतम र पछिल्लो समय खुराक बनेकी छिन् आफुलाई माता बताँउदै पशुपति आसपासमा हल्लाखल्ला गर्ने नायिकन जेनी कुँवर । उनको पछि लाग्ने एक लर्को नै रहेको छ ।

युवा पुस्तामाझ लोकप्रिय, युट्युबको आकर्षण बढ्दो र समाचार, डकुमेन्ट्रिमा युट्युब टेलिभिजनको विकल्प बनेपनि यस्ता युट्युबलाई निगरानी गर्न सकिएन भने आगामी दिनमा लोकप्रिय घट्ने प्रष्टै देखिन्छ ।

सनसनीपूर्ण शीर्षक राखेर दर्शकरश्रोता झुक्याउन पाइँदैन् । सामाजिक सद्भाव बिथोल्ने गरी शीर्षक राखेर समाचार बनाउन पाइँदैन । पत्रकारिता वा मिडियाकर्म व्यापार मात्र होइन् ।

कति करोड वा लाख मान्छेले भिडियो हेरे भनेर गनेर बस्नु पत्रकारिता होइन । गाली गलौज गरेका, अश्लिलता प्रदर्शन गर्ने भिडियो राख्दै उत्तेजना फैलाउनु पत्रकारिता होइन । पत्रकारिता समाजप्रति सबैभन्दा बढी उत्तरदायी हुने पेसा हो ।

समाजप्रति सधैं जवाफदेही हुने पेसा हो पत्रकारिता । तर, के हाम्रा युट्युब च्यानल यस्ता छन् रु उनीहरुले अपलोड गरेको भिडियो सामाग्री पत्रकारिताको कुन बिन्दुमा फिट हुन्छन् ? त्यसैले अब यस्ता अतिरञ्जित सामाग्रीको व्यापार गर्ने युट्युबरलाई नियमनको खाँचो भईसकेको छ ।

(हामी हेरेका हप्ता भिन्न भिन्न युट्युको गल्ती कमजोरी खोतल्ने प्रयासमा छौं हामीलाई हेर्दै गर्नुहोला । )


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.