काठमाडौँ । काठमाडौँमा एक जना प्रहरी जवानको कोठाबाट सुन जस्तै देखिने एक किलो पहेँलो धातु बरामद भएको छ।
महानगरीय प्रहरी वृत दरबारमार्गमा कार्यरत सादा पोशाकका घुमुवा एक जना प्रहरी जवानले लुकाएर राखेको एक किलो सनु जस्तो देखिने बस्तु फेला परेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सादा पोसाकका प्रहरी प्रशन्न श्रेष्ठले आफन्तको घरमा लुकाएको धातु फेला पारेको हो।
प्रशन्नका आफन्त उमेश श्रेष्ठको बागबजारस्थित घरबाट उक्त बस्तु फेला परेको हो।
यसबाट १५ किलो नक्कली सुन प्रकरण थप रहस्यमी बनेको छ । मंगलबार प्रहरीले कमलादीबाट १५ किलो सुन बरामद गरेको भनेर सुचना दिएपनि पत्रकार सम्मेलन गर्ने क्रममा आधा किलो मात्रै सुन भएको र बाँकी चाँदी भएको बताइएको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले फ्याकेको झोला भेटेको नभइ गाडीमा सवार व्यक्तिले धातुको झोला दिएको खुलेको छ । सुन कमलादीबाट नभइ सुन्धाराबाट भेटिएको पनि प्रहरी अधिकारीले बताएका छन् ।
महानगरीय प्रहरी परिसरले यो घटना छानविनका लागि अनसुन्धान समिति गठन गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।