add

मौसम पूर्वानुमान : मनसुन अझै सक्रिय बाढि, पहिराे जान सक्छ सतर्क रहाैं






ActPro Nepal

|

१५ साउन, २०७७

|
806

काठमाडाैं । मुलुकभर मनसुन सक्रिय रहेकाेले अझै सतर्क रहनुपर्ने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । आगामी सातासम्म मुलुककाे माैसम पूर्णतथा बदली रहने तथा केही प्रदेशहरूमा भारी मात्रामा वर्षा हुने जनाइएकाे छ ।

जल तथा मौसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार आज र भाेली देशका अधिकांश क्षेत्रमा वर्षा जारी रहनेछ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै नेपालको तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेकाेले केहि दिन अझै हल्का तथा भारी वर्षा हुने छ ।

 आज साउन १५ गते (बिहिबार)

दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको  जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

आज राती  देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

साउन १६ गते (शुक्रबार)

दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदुरपश्चिम प्रदेश, प्रदेश ५, र प्रदेश १ का एक वा दुई स्थानहरूमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार दुइ दिन देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २ र बागमती प्रदेश एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.