काठमाडौं । कालापानी-लिम्पिुयाधुरा क्षेत्रमा नेपालीलाई प्रवेश नदिनु भन्ने भारतको पत्रको नेपालले जवाफ फर्काएको छ ।
धार्चुलाबाट गुन्जी, कालापनी, लिम्पियाधुरा क्षेत्रमा नेपाली आवतजावत बढेको र त्यसमा रोक लगाउन भन्दै केही साताअघि धार्चुलाले जिप्रका दार्चुलालाई पत्र पठाएको थियो ।
भारतीय पक्षबाट पत्र प्राप्त हुनासाथ काठमाण्डूमा जानकारी गराइएको र जबाफ दिइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताएका छन् ।
केन्द्रबाट गृह मन्त्रालयको निर्देशनपछि भारतीय पत्रको जबाफ नेपाली पक्षले फर्काएको छ ।
जिप्रका दार्चुलाले पठाएको पत्रमा गुन्जी, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र नेपालकै भू–भाग भएको हुँदा नेपालीहरूको आवतजावत स्वभाविक रहेको उल्लेख छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।