add

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा जागिरको अवसर (विज्ञापनसहित)






ActPro Nepal

|

१४ साउन, २०७७

|
1497

काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कर्मचारी मागेको छ । बुधबार एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्रका लागि कारारमा कर्मचारी मागेको हो ।

राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनका लागि विभागले वितरण दर्ता अपरेटर १७६ जनाको लागि करारमा भर्नाका लागि दरखास्ता आह्रान गरेको छ । जसमा सर्लाहीमा ६३, कास्कीमा ६० र सप्तरीको लागि ५३ जना माग गरेको हो ।

सूचना प्रकासित भएको मितिले १५ दिन भित्रमा निवेदन दिन भनिएको छ । १२ कक्षा पास गरेको र १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेकाहरुले दरखास्त दिन सक्ने छन्। त्यस्तै दैनिक १२ सय पारिश्रमिक उपलब्ध गराइने र सार्वजनिक बिदामा पनि काम गर्नुपर्ने छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.