add

उपत्यकामा एकैदिन थपिए ५३ जना कोरोना संक्रमित






ActPro Nepal

|

१३ साउन, २०७७

|
767

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा भक्तपुरका एक जना, काठमाडौंका ११ जना, शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ९ जना, ललितपुरका एक जना, त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौंका १ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ललितपुरका एक जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका २१ जना र स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ६ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

योसंगै नेपालभर आज ३११ जना नयाँ संक्रमित थपिएका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.