add

देशभर १८४ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि






ActPro Nepal

|

१३ साउन, २०७७

|
688

काठमाडौं। देशभर १८४ जना प्रहरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकासहित विभिन्न प्रदेशमा कार्यरत १८४ जनामा संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यकाका ४०, प्रदेश १ का २७, प्रदेश २ का ३४, गण्डकी प्रदेशका २९, प्रदेश ५ मा १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिम प्रदेशका १२ प्रहरीमा संक्रमण देखिएको हो । संक्रमितमध्ये ९९ जना डिस्चार्ज भइसकेका छन् । बुधबार मात्रै स्याङ्जाका १८ प्रहरीमा संक्रमण देखिएकाे थियाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमबारसम्म पुष्टि गरेकाे तथ्यांक अनुसार देशभर काेराेना संक्रमितकाे संख्या १८ हजार ७५२ पुगेकाे छ । साेमबार १३९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या त्यति पुगेकाे हाे । संक्रमितमध्ये १३ हजार ७५४ जना डिस्चार्ज भइसकेका छन् । ५ हजार ४४० संक्रमित विभिन्न अस्पतालकाे आइसोलेसनमा उपचाररत छन् ।

प्रहरी मुख्यालयका थप २३ जना प्रहरीमा कोरोना संक्रमण

नेपाल प्रहरीको मुख्यालय, नक्सालमा कार्यरत थप २३ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार गरिएको परीक्षणमा मुख्यालयमा कार्यरत थप २३ जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको हो। संक्रमितहरूमा चालक, मेकानिक्स र मेसमा काम गर्ने कर्मचारी रहेका छन् ।

संक्रमण पुष्टि भएपछि संक्रमित प्रहरीलाई सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरी डीआईजी एवं प्रवक्ता निरजबहादुर शाहीले जानकारी दिए।

यसअघि आइतबार गरिएको परीक्षणमा मुख्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको थियो। त्यसै क्रममा मुख्यालयमा रहेका अन्य सुरक्षाकर्मीको परीक्षण गर्ने क्रममा थप २३ जनामा संक्रमण देखिएको हो।


समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो  फेसबुक पेजका  साथै ट्वीटर  युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.