चतराधाम । हिन्दु धर्ममा भगवान र मन्दिरको विशेष महत्व हुन्छ । सुनसरी जिल्ला प्रदेश नम्बर १ बराहक्षेत्र चतराधाम क्षेत्रको वरिपरि पाहाडहरू अनि सप्तकौशीकी नदिले परिक्रमा गरिरहेको जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठमा हनुमान मन्दिर अवस्थित रहेको छ ।
जुन मन्दिर रहस्य नै रहस्यले भरिनुका साथै चमत्कारीक मन्दिरका रूपमा पनि परिचित छ । यस मन्दिरमा नेपालकै सबैभन्दा अग्लो भगवान हनुमानको प्रतिमा रहेको छ । मन्दिर माथि ठूला अनि मन्दिर भित्र पञ्चमुखी स्वरूपमा भगवान हनुमानको प्रतिमा स्थापित छ ।
भुत , प्रेत इत्यादि वाधा भएपनि यस मन्दिरको द्वारबाट प्रवेश गर्नासाथै भगवान हनुमानको प्रतापले सबै बाधा हटेर जान्छ भन्ने यस जनविश्वास रहि आएको छ ।
उक्त मन्दिरमा केवल एक दर्शनले नै चिताएको पुरा हुने अनि भगवान हनुमान स्वयं नै साक्षात रूपमा उक्त मन्दिरमा विराजमान हुनुहुन्छ भन्ने जनविश्वास रहि आएको छ ।
धैरै श्रद्धालु भक्तजनहरूले आफुले भगवान हनुमानको कुनै न कुनै स्वरूपमा दर्शन पाएको भनि बताउँदै आएका छन । भगवान हनुमानकच उक्त मन्दिरमा विगतका ८ बर्ष देखी 'श्रीराम जय राम जय जय राम' को किर्तन अनि 'संकटमोचन हनुमानष्टक' अखण्डरूपमा चौबिसै घण्टा भइरहेको छ ।
उक्त मन्दिरमा मंगलबार अनि शनिबारको दिन श्रद्धालु भक्तजनहरूको विशेष भिड लाग्ने गरेको छ ।
शास्त्रमा उल्लेख छ भगवान शिवका एघारौं रूद्रावतार अनि कलायुगका साक्षात देवता केवल भगवान हनुमान मात्र हुनुहुन्छ जो 'श्रीराम' को नाम रोम रोम मा राखी अहिले पनी पृथ्वीमै निवास गर्नुहुन्छ ।
कलियुगमा केवल भगवान हनुमानको पुजा , भक्ति , उपासना गर्नाले मात्र मनोवान्च्छित फल , अनि चिताएको इच्छा पुरा हुन्छ भन्ने कुरा शास्त्रमा उल्लेख छ ।
साथै भगवान हनुमानले शनिदेवलाइ रावणको बन्दीबाट मुक्त गराए पश्चात शनिदेवले भगवान हनुमानलाइ तपाइको भक्तलाइ म जहिले पनी शुभ फल नै दिन्छु भनि वचन दिएको कुरा शास्त्रमा उल्लेख छ ।
धेरै चमत्कारिक धटनाहरू भइरहने उक्त मन्दिरमा साउन ५ गते सोमबारे औंसी एवं हरियाली दिवसको दिन पनि एउटा यस्तै चमत्कारिक घटना उक्त मन्दिरमा घट्न गयो ।
मन्दिरका पुजारीका अनुसार भगवान हनुमानलाइ लगाउने नित्य सात्विक भोग अनि गरीने नित्य आरती पश्चात करिब आधा घण्टा पछी उक्त मन्दिरका पुजारी को दृष्टि अचानक माथि आकाश तर्फ पर्न गयो ।
त्यहाँ उनले प्रकाशमय अनि एकदम नै ठूलो स्वरूपमा हातमा गदा धारण गर्नु भएका भगवान हनुमानको दर्शन भयो र उनले आश्रममा भएका सबै भक्तजनहरूलाइ पनि मन्दिरबाटै मइकिङ् गर्दै हनुमान मन्दिरबाट पश्चिम तर्फ माथि आकाशमा भगवान हनुमानको दिव्य दर्शनको लागि बोलाए ।
सबै भक्त जनहरू, विरक्त महात्माहरू एवं अन्य त्यहाँ उपस्थित श्रद्धालुहरूले करिब पाँच मिनेटसम्म भगवान हनुमानको जय जयकार सहित त्यो प्रकाशमय दिव्य दर्शन लाभ प्राप्त गरेका थिए ।
भक्तजनहरू भन्छन त्यसपछी भगवान हनुमानको त्यो दिव्य प्रकाश विस्तारै विलीन हँदै गइ भगवान अन्तर्ध्यान हुनुभयो । त्यस रात कोहि पनि विश्राम नगरीकनै विगत ८ बर्ष देखी अखण्ड रूपमा चौबिसै घण्टा चलिरहेको 'श्रीराम जय राम जय जय राम' को किर्तन अनि संकटमोचन हनुमानष्टक पाठ अझ भाव अनि विश्वासका साथ भयो ।
भगवान हनुमानको यस्तो दिव्य दर्शन बेला बेला पाइरहेको श्रद्धालु भक्तजनहरूको भनाइ छ । कतिपय श्रद्धालु भक्तजनहरूले त भगवान हनुमानको मूर्ति बोलेको पनि दावी गरेका छन ।
शास्त्रमा उल्लेख छ कि भगवान हनुमानको प्रीय नाम हो 'श्रीराम' जाहाँ श्रीराम नाम को किर्तन हुन्छ भगवान हनुमान त्यहाँ कुनै न कुनै रूपमा उपस्थित हुनुहुन्छ भन्ने कुराको प्रमाणहरू शास्त्रमा पाइन्छन । यस मन्दिरमा यो कुरा प्रमाणीत नै भएको छ ।
चमत्कारै चमत्कार अनि रहस्य नै रहस्यले भरिएको उक्त मन्दिरमा आज भन्दा ६ बर्ष अगाडी पनी यसरी नै हनुमान भगवान को चमत्कारीक दर्शन भएको स्थानिय एवं भक्तजनहरू बताउँछन ।
आज भन्दा ६ बर्ष आगडिको चमत्कारीक घटना हो बिहान हनुमान भगवानको आरतीमा केही समयको बिलम्ब भयो त्यपश्चातको घटना सोचेको भन्दा पनि परको अकल्पनिय घटना धट्यो भगवानका मन्दिरमा झुण्ड्याईएका घण्टहरू आफै बज्न लागे ठुलो हावा चल्न लाग्यो र हेर्दा हैर्दै भगवान हनुमान विराट स्वरूपमा प्रकट भएर यता उता उड्न लागनुभयो ।
उक्त मन्दिरमा त भक्तहरूले त्यो दृश्य देखे तर डेढ किलोमिटर पर चतारा बसपार्क छ ऊक्त बसपार्कमा पनि विराट स्वरूपमा हनुमान भगवानलाई प्रत्यक्ष रूपमा दर्शन भएको चतारा स्थानिय हरू बताउँछन् ।
त्यस समयमा हनुमान भगवानलाई कसैले एउटा स्वरूपमा , कसैले भने हनुमान भगवानले साथमा वानर सेना लिएर हातमा गदा बोकी विराट स्वरूपमा उड्दै गरेको दृश्य आफुहरूले देखेको स्थानिय र भक्तहरू बताउछन् उक्त दैवि शक्तिको प्रत्यक्ष प्रमाणको लागी अब अरू कुनै प्रमाणको आवश्यकता नभएको अवस्था प्रश्ट हुन्छ र यो ब्रम्हाणड ईश्वर द्वारा नै श्रृजीत हो र भगवान श्रीरामको आज्ञा अनुसार कलियुगका प्रत्यक्ष देवता हनुमान हुनुहुन्छ ।
अब यो कुरा शास्त्रद्वारा त प्रमाणीत छ नै अब उक्त हनुमान मन्दिरको दृश्यले पुर्ण रूपमा प्रमाणीत भएको छ । यसै वैदिक सनातन हिन्दु धर्म प्रमाणीत र एक मात्र शाश्वत सत्य हो ।
यस हनुमान मन्दिरमा मंगलबार र शनिबारको दिन भक्तहरूको विशेष भिड लाग्ने गरेको छ । मानव शरिर लिएर यस धर्तीमा आईसके पश्चात चतारा जस्तो दिब्य अनि भब्य तिर्थस्थल जहाँ कलियुगका साक्षात देवता भगवान हनुमान प्रत्यक्ष बिराजमान हुनुहुन्छ ।
कलियुगका साक्षात देवता भगवान हनुमान हुनुहुन्छ र भगवान हनुमान अहिले पनि यसै पृथ्वीमा अवस्थित हुनुहुन्छ भन्ने स९ प्रमाण चतारा धामामा घटित दिब्य घटनाहरूबाटै प्रमाणीत हुन्छन ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।