नुवाकोट । बेलकोगटगढी नगरपालिकामा अविरल वर्षाको कारण घर भत्किदा एक जनाको मृत्यु भएको छ । पहिरोले पाँच घर समेत पुरेको छ ।
बेलकोटगढी नपा–८ हर्रेमा ढुंगामाटोले बनेको कच्चि घर गए राती अविरल वर्षाको कारण भत्किदा च्यापिएर ६८ वर्षिय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुँयालले जानकारी दिनुभयो ।
यस्तै बेलकोटगढी नपा वडा नंं. ५ दुईपिपल डबली नजिकै पहिरोले पाँच घर पुरेको छ । शुक्रबार विहान आएको पहिरोले पाँघ घर पुरिएको हो ।
स्थानीयवासीहरुका अनुसार २ वटा भैसी र २० वटा भन्दा बाख्रासमेत पहिरोले पुरेको छ । स्थानीय नारायण अनुसार पहिरोको कारण बस्तमा रहेका ४० घर भन्दा बढी जोखिममा परेको छ । स्थानीयलाई सुरक्षित स्थानमा सारिन थालिएको छ । अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।