काठमाडौं । काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।
प्रवक्ता गौतमका अनुसारराष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा भक्तपुरका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग प्रयोगशालामा गरिएको परिक्षणमा ललितपुरका १ जना, काठमाडौंका २ जना, पाटन अस्पतालमा काठमाडौंका ३ जना, स्टार अस्पतालका ललितपुरका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसंगै हाल संक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ जना रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।