add

काठमाडौं प्रवेशका लागि सवारी पास अनिवार्य






ActPro Nepal

|

८ साउन, २०७७

|
786

काठमाडौं । सरकारले १ सय २० दिन लामो लकडाउन अन्त्य गरेपनि उपत्यकामा प्रवेश गर्न पास चाहिने भएको छ ।

गृह मन्त्रालयले मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नभएपछि काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै राखेको हो ।

सरकारले लकडाउन शुरू गरेर एक जिल्लाबाट अर्को जिल्लामा जान पास लिनुपर्ने व्यवस्था गरेको थियो ।

मंगलवारदेखि लकडाउन अन्त्य भएपनि काठमाडौं उपत्यका भित्रिने निजी सवारी साधनले पास लिनुपर्ने पुरानो व्यवस्था यथावत रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

लामो दुरीका सवारी साधन तत्काल नखुलेकाले पास कायम रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए। ‘हामीलाई माथीबाट त्यस्तै आदेश छ’, एसएसपी ढकालले भने।

सरकारले लामो दुरीका सवारी साधनलाई भदौ १ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको थियो। उपत्यकाको हकमा तीन जिल्ला र बाहिरको हकमा एक जिल्लाभित्र सवारी साधन सन्चालनलाई गत असोज २६ गतेदेखि खुला गरिएको थियो।

लामो दूरीका सवारी साधन भने भदौ १ गतेबाट चलाउने निर्णय सरकारले गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.