add

देशभरका १०० नमुना विद्यालय छनोट, कुन-कुन परे ? (सूची सहित)






ActPro Nepal

|

१ साउन, २०७७

|
1640

काठमाडौं । सरकारले नमुनाको रुपमा विकास गर्न देशभरबाट १०० वटा विद्यालय छनोट गरेको छ।

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले उक्त विद्यालय छनोट गरेको हो ।

शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको बैठकले विद्यालयहरु छनोट गर्ने निर्णय गरेको हो।

विगतमा नमुना विकासका लागि छनोट नभएका विद्यालय छनोट गरिएको केन्द्रले जनाएको छ।

विद्यालय क्षेत्र विकास योजनाअनुसार सबै स्थानीय तहमा क्रमशः नमुना विद्यालय विकास गर्ने लक्ष्य रहेको केन्द्रले बताएको छ।

विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गतको यस परियोजनाको उद्देश्य आधारभूत तथा माध्यमिक तहमा सिकाइको नतिजामा सुधार गर्ने, माध्यमिक तहको परीक्षा प्रणालीलाई सुधार्ने, लैंगिक, सामाजिक, आर्थिक तथा भौगोलिक हिसाबले स्कुलमा सहभागिता बढाउने, माध्यमिक तहसम्मको पढाई पुरा गर्ने वातावरण बनाउने, शिक्षकको समयतालिका र विद्यालय प्रशासनमा सुधार गर्ने लगायत छन्।

‘प्रस्तुत विषयमा यस केन्द्रबाट आर्थिक वर्ष २०७६/०७७ मा विगतमा नमुना विकासका लागि विद्यालयहरू छनोट नभएका स्थानीय तहअन्तर्गत १०० वटा विद्यालयहरू नमुना विकासका लागि छनोट गर्न मिति २०७६ असोज १६ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरी आह्वान गरिएअनुसार आवेदन गरेका विद्यालयहरू मध्येबाट नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका २०७४ (पहिलो संसोधन २०७५ सहित) अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (मन्त्रीस्तर) को मिति २०७७/३/३१ को निर्णय अुसार देहाय बमोजिमको विद्यालयहरू छनोट भएको ब्यहोरा निर्देशानुसार अनुरोध छ’ केन्द्रको विज्ञप्तिमा भनिएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.