काठमाडाैं ।मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह बस्ने बैठकमा नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आईजीपी) नियुक्तिको विषय मुख्य एजेण्डा रहेको स्राेतले जनाएकाे छ ।
हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् ।त्यसकारण पनि मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्न सक्ने गृह मन्त्रालयले स्राेतले जनाएकाे छ ।
उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् ।
३० वर्षे सेवा अवधिका कारण अाईजीपी ज्ञवालीले अवकाश पाउन लाग्नु भएकाे हाे । एआईजी हरिबहादुर पाल र शैलेश थापा क्षत्रीमध्ये एक जनालाई सरकारले (आईजीपी) नियुक्त गर्नेछ ।
प्रधानमन्त्री निकट उच्च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री केपी शर्मा ओली वरियतामा एक नम्बरमा रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरिसकेका छन् । उनले प्रहरीमा यसअघि वरियता मिच्ने काम भएको र त्यसले संगठनमा राजनीतिकरण भएको भन्दै अहिले वरियता र कार्यसम्पादनका आधारमा नै आईजीपी नियुक्त गर्ने निकटस्थहरुसंग बताइसकेका छन् ।
प्रहरी महानिरीक्षकको नियुक्तीका लागी प्रतिस्पर्धीहरुबीच यसअघि अस्वस्थ प्रतिस्पर्धा हुने गरी पनि थापा र पालले भने जो भएपनि मिलेर काम गर्ने सहमती गरेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।