add

१९ हजारलाई फ्री मास्क बाडयो हरिपृया फाउन्डेसनले






ActPro Nepal

|

२३ असार, २०७७

|
878

धनगढी । नेपाल सरकारले मास्क नलगाई निस्कनेलाई कार्वाही र पक्राउ अभियान शुरु गर्नु अघिदेखि नै हरिपृया-प्रकाश फाउन्डेसनले १९हजार मास्क बाडेको छ ।

काठमाडौदेखि कैलाली सम्म सडकदेखि अस्पतालसम्म १०हजार मायाको कोसेलीको नारा दिदै निशुल्कमा अन्न, स्वास्थ-सौन्दर्यदेखि मोबाइल रिचार्ज कार्डसम्म युवानेता क्षितिज भण्डारीले बाडेका छन् । नेपाली कांग्रेस महासमिति सदस्य एवं नेबिसंघ पुर्ब कावा अध्यक्ष रहेका भण्डारीले आमा स्वर्गीय हरिपृया भण्डारीको स्मृतिमा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन मार्फत एक हजार सञ्चारकर्मीको मनोबल उच्च पार्न मायाको कोसेली दिदै दिनहुुँ नागरिकलाई राहत बाडिरहेको छ ।

सडकदेखि कोरोना अस्पतालसम्म ९ बर्षको छोरी आराद्य्या र ७ बर्षको क्यारोलिन भण्डारी मार्फत धनगढीमा निशुल्क मास्क अभियानको शुरूवात मात्र गरिएन ती कलिला नानी मार्फत प्रादेशिक कोरोना अस्पताल मै राहत बाडियो । धनगढीका मेयर नृप ओड, साहित्यकार गडसेरी माईला, महिला संघ अध्यक्ष पुष्पा भट्ट, नेपाल दलित संघका नेता नृप सुनार र शिक्षक/ प्राद्य्यापक लाई प्रमुख अतिथी बनाउदै युवानेता भण्डारीले १दिने पुर्ब सुचना दिएर निष्पक्ष ढङ्गले अन द स्प्ट राहात बाडेकोमा प्रदेश सभा सासद डिल्लीराज पन्त ले खुशी ब्यक्त गरेका छन् ।


हरिपृयाप्रकाश फाउन्डेसनले धनगढीमा लक डाउनमा ज्यान जोखिममा राख्दै निशुल्क खाना र क्वारेन्टाइन संचालनलाई नव आदर्श युवा कल्ब र अध्यक्ष निराजन खड्का सहित २४जाना समाजसेवी युवालाई प्रदेश सासद डिल्लीराज पन्तद्वारा सम्मान गरेको छ । पन्चोदय उमाबि मा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पन्तले सरकारले फ्री मास्क र सेनेटाईजर नबाडेर सडक मा हिडने बिपन्न नागरिकलाई कार्वाही गर्नु गलत हुनसक्ने बताए । वहाँले सबैलाई मास्क लगाएर आफू र परिवारलाई सुरक्षित पार्न आग्रह गर्नुभयो । नेता पन्तले समाजको परिवर्तन आदर्श  युवा कल्बका अध्यक्ष जस्ता युवाहरू बाट मात्र संभव रहेको बताउदै कोरोना पीडितलाई राहत बितरण र युवा अभियन्ताको सम्मान कार्यक्रमका लागि युवानेता क्षितिज भण्डारीको निस्वार्थ सेवाभाव अनुकरणीय रहेको बताउनुभयो ।

युवाको सम्मान अनि कोरेन्टाईनमा सहयोगको दुई बैग्लाबेग्लै कार्यक्रमका बिशिस्ट अतिथी पन्चोदय उच्चमाबी प्राचार्य हरिष ओझाले आफ्नो सम्मानलाई आयोजक हरिपृयाप्रकाश फाउन्डेसन र प्रदेश माननिय लाई धन्यवाद दिदै  स्कुल खोल्नका लागि चाडै क्वारेन्टाइन खाली गर्दै सेनेटाईज गराउन प्रदेश र स्थानीय सरकारसंग माग गर्नुभयो । स्मरण रहोस हरिपृयाप्रकाश फाउन्डेसनले १० हजार नागरिकलाई मास्क- सेनेटाईजर संग हिमालयको फेसवास, मन्जन, तेल, रेजर, सैम्फु, गर्मीको पाउडर, मच्छर धुप मार्फत अनुहारमा मुस्कान ल्याउन फरक खाले सामाग्री बितरण गर्दा मानिसहरुले नकारात्मक टिकाटिप्पणी गरेको भएता पनि बिस्तारै चामाल, ब्रेड, अण्डा, फलफुल, प्रेसर कुकर, छाता आदि थपेर आक्रमक राहत बितरण शुरु बाट सबैले प्रशन्सा गरेकोले यो कार्यक्रम अषाढ महिनामा पनि जारी रहने फाउन्डेसनका सस्थापक अध्यक्ष प्रकाशनारायण भण्डारीले बताउनुभयो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.